arrow

दलित परिवारमाथि आक्रमण गराउने वडाध्यक्षलाई कार्वाही गराउन उत्रिए कुन्दन काफ्ले

logo
प्रकाशित २०७७ साउन २९ बिहिबार
kundan-kafle-meeting.jpg

दोलखा । दलितमाथि कुटपिट गर्नेलाई तत्काल कारबाही गर्नुपर्ने भन्दै नेपाली कांग्रेसका युवा नेता कुन्दन काफ्ले जिल्ला  प्रशासन कार्यालय दोलखा पुगेका छ्न् ।

दलितको कुटपिटको घटनालाई  प्रशासनमा निवेदन दिँदा पनि खासै चासो नदिएपछि पीडित दलितहरुलाई नै लिएर काफ्ले प्रशासन कार्यालय पुगेका हुन् ।

काफ्लेले प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा पौडेललाई भेटेर तामाकोशी गाउँपालिका ५ शहरेका वडा अध्यक्षको निर्देशनमा दलितहरुलाई कुटपिट भएको घटनालाई तत्काल छानबिन गरी कारबाही गर्न माग गरेका छन् । 

आफैलाई निर्वाचित गराउने दलित स्थानीयमाथि हातपात गर्नु दुःखदायी भएको भन्दै काफ्लेले सो घटनालाई गम्भीर रुपमा लिनसमेत प्रजिअ पौडेललाई आग्रह गरेका छन् ।

प्रजिअ भेटेसँगै जिल्ला प्रहरी कार्यालय दोलखा पुगेका काफ्लेले कार्यालय प्रमुख भिडियो कन्फ्रेन्स गएकाले प्रहरी निरीक्षक रेशम बोहोरालाइ भेटेर दलितमाथि हातपात गर्नेलाई तत्काल पक्राउ गरि कारबाही गर्न समेत माग गरेका छन् ।

गत चैत २६ गते सोही वडाका वडा अध्यक्ष राजकुमार रोक्काको निर्देशनमा ४–५ जनाको समूहबाट स्थानीय दलितहरु आफ्नै गाउँमा कुटिएका थिए । दलित महिलालाई अपशब्द बोल्दै मादक पदार्थ सेवन गरेर आएको टोलीको  कुटपिटबाट ४ जना घाइते भएका थिए ।

सो घटना भएको भोलिपल्ट चैत २७ गते नै स्थानियहरुले घटनामा संलग्नहरुलाई कारबाहीका लागि प्रशासन कार्यालयमा निबेदन समेत दिएका थिए । लकडाउनको कारण देखाउँदै प्रशासनले अहिलेसम्म कुनै कारबाही अगाडि बढाएको छैन ।

वडा अध्यक्ष रोक्का लगायतको टोलीले यसअघि पनि सार्वजनिक स्थलमा पटक पटक दलितमाथि दुर्व्यवहार गर्दै आएका थिए । रोक्का विरुद्ध यसअघि पनि स्थानिय प्रशासनमा दलित समुदायले उजुरी गरेका थिए । 

वडाध्यक्ष सधै गाँजा, रक्सी सेवन गरि हिड्ने गरेको स्थानीयको भनाइ छ । घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन स्थानीयले माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ