arrow

नेपाली किशोरी पाकिस्तान लिएर जाने पक्राउ

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
Pakistan-Flag.jpg.jpeg
भीमदत्तनगर। पाकिस्तान लगिँदै गरेकी एक युवतीको बुधबार कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उद्धार गरिएको छ । 
 
भारतको बाटो भएर पाकिस्तान लगिँदै गरेकी पोखराको भदौरे गाविसकी किशोरीको माइती नेपाल कञ्चनपुरले उद्धार गरेको हो । नेपालबाट पाकिस्तानका लागि भन्दै अवैध बाटोको प्रयोग गर्नु र त्यहाँ गएर मानव बेचबिखनमा पर्न सक्ने भन्दै माइती नेपालले ती किशोरीको उद्धार गरेको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो । 
 
उद्धार गरिएका किशोरीसँगै धादिङका भरत सुनारसमेत पक्राउ परेका छन् । ती किशोरी यसअघि पनि एजेन्टमार्फत काठमाडौँ–दुबई हुँदै पाकिस्तान पुगेको समेत माइती नेपालले जनाएको छ । माइती नेपालले किशोरीलाई परिवारको जिम्मा लगाउने जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ