arrow

पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राख्नेमा अन्तिम सहमति जुटाउँदै माओवादीहरु

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
Akata-news-mao.jpg.jpeg
काठमाडौं । माओवादी एकता औपचारिक घोषणा हुन बाँकी छ । पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राख्ने प्रस्ताव आएपछि नेताहरुबीच अहिले पार्टी एकता अधिवेशन बैठकमा अन्तिम छलफल हुँदै छ । बिहान बसेको एकता संयोजन समिति बैठकले एकीकरणपछिक पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राख्ने प्रस्ताव गरेको र त्यसबारे अहिले छलफल भइरहेको एमाओवादी महासचिव कृष्णबहादुर महराले जानकारी दिए ।
 
महराले हाम्रा कुरालाई भने, ‘पार्टीको नाम लगायत विभिन्न विषयमा अन्तिम छलफलमा छौं, पछि सम्झिनु होला अहिले हामी निकै व्यस्त छौं ।’ कार्की पार्टी प्यालेस बबरमहलमा बसेको पार्टी एकता अधिवेशन बैठकले पार्टीको नाम अनुमोदन गर्ने बताइएको छ । माओवादी नेता जनार्दन शर्माले अधिकांश विषय टुंगिसकेको र टुंगिन बाँकी विषयमा छलफ भइरहेको बताए । शर्मा सचिवको आकांक्षी हुन् ।
 
एकिकरण हुन लागेकाहरुमा पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी, रामबहादुर थापा नेतृत्वको विद्रोही क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, विप्लव नेतृत्वको नेकपा माओवादीका विद्रोही समूह छन् । लामो समयदेखि एकिकरण प्रयास थालेका पाँच माओवादी घटकले गत साता १३ बुँदे साझा सम्झौता बनाई एकढिक्का हुने सहमति गरेका थिए । 
 
बिहानको बैठकले पार्टी अध्यक्ष दाहाल नै हुने सहमति गरिसकेको र रामबहादुर थापा महासचिव तथा वर्तमान एमाओवादी महासचिव कृष्णबहादुर महरा उपमहासचिव हुनेमा लगभग सहमति जुटेको छ । तर, सचिवको विषय टुंगिएको छैन । सचिवमा वर्षमान पुन, टोपबहादुर रायमाझी, देब गुरुङ, पम्पा भुसाल, जनार्दन शर्मा लगायत आकांक्षी छन् । पद मिलानको चटारोले बैठक लामै हुने बताइएको छ । 
 
बिहानको संयोजन समिति बैठकले ४ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने सहमति गरेको छ ।  यद्यपि, त्यसमा केही सदस्य थपघट हुन सक्ने नेताहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ