arrow

अटेर गरे कारवाही, नियन्त्रणमा लिन सुरु

logo
प्रकाशित २०७७ साउन २९ बिहिबार
sarlahi1.jpg

सर्लाही । कोराना संक्रमण बढदै गएपछि अनावश्यक हिडडुल गर्नेलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिन सुरु गरेको छ । जिल्लामा दिनप्रति दिन कोरोना संक्रमणको दर बढिरहदा समेत बजारमा भिडभाडमा कमि नभएकाले नियन्त्रणमा लिन सुरु गरेको सलाही प्रहरी प्रमुख बिश्वमनी पेखरेल बताए। 

जिल्ला प्रसाशन कार्यलय सर्लाहीले घरबाट बाहिर ननिसक्न गरेको आग्रहलाइ समेत अटेर गनेलाइ प्रहरीले लखेट्ने गरेको छ । घरमा बस्न भन्दा भन्दै पनि हाटबजारमा गएर बस्ने, चोक चैतारामा बस्ने तथा बिना पासका गाडिलाइ कारवाही गरिएको प्रहरीको भनाइ छ ।

बिना पास हिडेका गाडिलाई समातेर साँझपख छाडिदिने गरेको प्रमुख पेखरेलको भनाइ छ । हालसम्म सर्लाहीमा ८७३ जाना कोरोना पेजेटिभ देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ