arrow

विराटनगर महानगरपालिकामा थप सात दिन लकडाउनको घोषणा 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २९ बिहिबार
bhim_parajuli.jpg

विराटनगर। विराटनगर महानगरपालिकाले लकडाउनलाई निरन्तरता दिने घोषणा गरेको छ । बिहिवार पत्रकार सम्मेलन गर्दै महागरले थप ७ दिन लकडाउन गर्ने घोषणा गरेको छ । 

गत साउन १६ गते देखी साउन ३० गते सम्म लकडाउन घोषणा गरेको महानगरले भदौ ५ गतेसम्म पुनः लकडाउनको घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समुदायमा संक्रमण फैलदो क्रममा रहेको र यसको नियन्त्रणका लागि लकडाउन गर्नुपरेको जानकारी दिए ।

लकडाउनका कारण भिडभाड नियन्त्रण हुने र यसवाट कोरोना संक्रमणको दरमा कमी आउने बिश्वास ब्यक्त गरे । लकडाउनका कारण नगरवासीमा पर्न जाने असुबिधाप्रति क्षमा माग्दै मेयर पराजुलीले लकडाउनको पालना गरिदिन आग्रह गरे । 

मेयर पराजुलीले विराटनगरस्थित वडा नंं १९ मा रहेको बैझनाथपुर स्वास्थ्यचौकीमा कोरोना संक्रमित राखेर प्राथमिकरुपमा आइसोलेसन सेवा प्रबाह गरिएको जानकारी दिए ।

पीसीआर मेसिन ल्याउने विषयमा समेत महानगरले तयारी गरिरहेको उनले जानकारी दिए । महानगरमा बिहीबारसम्म ४ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ जनाको मृत्यु भएको छ भने ६९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ