एजेन्सी। अभिनेत्री श्रुति हसनले चर्चीत म्याग्जीन जीक्यूको लागि 'हट र बोल्ड' फोटोशूट गराएकि छन्। जीक्यू म्याग्जीनको लागि खिचाइएको तस्बीरमा श्रुती कर्ली कपालका साथै रातो आउटफिट देखिएकि छन्। श्रुति दक्षिण भारतिय चलचित्रका सुपरस्टार कमल हसन र बलिउड पूर्व अभिनेत्री सारिकाको छोरी हुन्।
सो फोटोशूट म्यागजिनको मे अंकको लागि गरिएको म्याग्जीनले जनाएको छ। कभर पेजमा श्रुतिको परिचय 'रेड अलर्ट : हाउ हट इज़ श्रुति हासन' दिएको छ। श्रुतिले सो म्यागजिन भन्दा पहिले मेक्सिम, कस्मोपलिटन, एफएचएम जस्ता चर्चीत म्यागजिनको लाग फोटोशूट गराइ सकेकि छन्।
श्रुतिले बलिउडमा एक्शन-ड्रामा फिल्म 'लक' बाट आफ्नो करियर सुरु गरेकि हुन्। उनि अभिनयका साथै गीत पनि गाउछिन्। श्रुतिले ६ बर्षको उमेरमै कमल हसनको तमिल ड्रामा फिल्म थेवर मगन मा स्वर दिएकि थिइन्। साथै अर्जुन कपूर र सोनाक्षी सिन्हा अभिनीत चलचित्र ‘तेवर’ को गीत जोगनिया पनि उनैले गाएकि हुन्।