एजेन्सी । कट्रीना कैफसँग ब्रेकअप पछि रणवीर कपूरले नयाँ प्रेमिकासँग उठबस गर्न थालेको चर्चाले सामाजिक सञ्जाल तताएको छ । भारती मल्होत्रासँगको सम्बन्धलाई लिएर चर्चा चुलिएको हो ।
टाइम्स अफ इन्डियाले छापेको समाचारमा उल्लेख तस्विर भारती मल्होत्राको रहेको जनाइएको छ । रणबीरले वहिनी रिद्धिमा साहनीले दिएको पार्टीमा भारतीसँग भेटेका थिए । त्यो नै रणवीर र भारती बिचको पहिलो भेट थियो ।
पहिलो भेटमै दुवै एक अर्का सँग प्रभावित भए। रणवीर भारतीलाई संचारमाध्यमबाट टाढै राख्न चाहिरहेका छन् ।
केही समय पहिले रणबीरका बुबा ऋषि कपूरले रणवीरले मन पराएको केटिलाई बुहारि स्विकार गर्ने तर निर्णय भने रणवीरले लिनु पर्ने बताएका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार रणवीरले हालै मुम्बईको पाली हिलमा ३५ करोड रुपैयामा अपार्टमेन्ट लिएका छन् ।