arrow

पाँचथरमा ट्रक दुर्घटना हुँदा ६ जना घाईते, दुईको अवस्था गम्भिर

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ जेठ ६ बिहिबार
फिदिम। पाँचथरको एकतिन बाट फिदिम तर्फ गोलिया लोड गरेर आउँदै गरेको मालबहाक ट्रक आज विहान एकतिन २ स्थित पंचमुखी छेउमा दुर्घटना हुँदा ६ जना घाईते भएका छन्।
 
घाइते मध्ये २ जनाको अवस्थामा गम्भिर रहेको छ। गम्भिर घाईते पाँचथर इम्बुङ ८ वस्ने २६ वर्षिय शंकर कटुवाल र सोही ठाउँ वस्ने ३० वर्षिय डिल्लीराम बाँनियाको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको विर्तामोड स्थित बि.एण्ड सी हष्पिटल विर्तामोडमा लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
 
दुर्घटनामा घाईते पाँचथर भारपा २ वस्ने ३१ वर्षिय होम वूढाथोकी, २४ वर्षिय टिकाराम वूढाथोकी,चालक ताप्लेजुङ थेचम्बु वस्ने राजु तिवारी,सहचालक भारपा ४ वस्ने १९ वर्षिय मनोज तिवारीको भने जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए।
 
गोलिया लिएर फिदिम आउने क्रममा मे १ ख १८६६ नम्बरको ट्रक अचानक सडक बाट खसेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ