भारतको स्वतन्त्रता दिवसकै दिन आइसब्रेक, मोदी र ओलीबीच टेलिफोन संवाद
प्रकाशित २०७७ साउन ३१ शनिबार
663
Shares
काठमाडौं। भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीले भारतीय प्रधानमन्त्रीलाई फोन गरेर शुभकामना दिएका छन्। जवाफमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धन्यवाद ज्ञापन गरेका छन्।
सीमा विवादबीच दुई देशका उच्चस्तरीय नेतृत्वबीच संवाद हुन नसकिरहेको बेला दुई प्रधानमन्त्रीबीच टेलिफोन संवाद भएको हो। यो संवादलाई दुई देशको सम्बन्धमा आइसब्रेकको रुपमा समेत हेरिएको छ।
दुई प्रधानमन्त्रीबीचको कुराकानीमा दुई देशबीच कोरोना भाइरसको माहामारीसँग जुध्नका लागि सहयोग र सहकार्यका बारेमा कुरा भएको छ। त्यस्तै ओलीले भारतलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा अस्थायी सदस्यका रुपमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन्। ५ स्थायी र १० अस्थायी सदस्य रहने सुरक्षा परिषदमा यो पटक भारत पनि निर्वाचित भएको हो।