arrow

महँगीविरुद्ध नेविसङ्घको प्रदर्शन

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
npu-protest.JPG.jpeg
काठमाडौँ। सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घले आज राजधानीमा विरोध प्रदर्शन गरेको छ।
 
प्रदर्शनकारीले ‘उखान टुक्काले चुल्हो बलेन’, ‘जनतालाई बाँच्न गाह्रो भो’लगायत नारा लगाउँदै प्रदर्शन गरेका थिए। प्रदर्शनी मार्गबाट सुरु भएको प्रदर्शन पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।
 
कोणसभालाई सम्बोधन गर्दै नेवि सङ्घका नेताले कालोबजारी, महँगी र शैक्षिक माफियालाई नियन्त्रण गर्न सरकारले चासो नदिएको भन्दै सरकारको आलोचना गरेका थिए। उनीहरुले सरकारले आफ्ना माग नसुनेमा आन्दोलनलाई देशव्यापी बनाउने चेतावनीसमेत दिएका थिए।
 
नेवि सङ्घले जेठ १० गते बिहान ८ बजे एलपी ग्यासको खाली सिलिण्डर, खाली जार र भाँडाकुँडासहित प्रधानमन्त्री निवास वालुवाटार अगाडि प्रदर्शन गर्ने निर्णय गरेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ