arrow

दुई परिक्षणमा पनि कोरोना पोजेटीभ नै देखियो मेयर सरावगीलाई

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ साउन ३१ शनिबार

बिरगंज। कोरोना संक्रमित भई होटेल सोल्टीको क्वारेन्टाइनमा बसिरहेका बिरंगज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीको पछिल्लो दुई पटक चेक गरिएको स्वाब परिक्षणको रिपोर्ट पनि पोजिटिभ आएको छ।

मेयर सरावगीसंगै संक्रमित भएकी उनकी श्रीमती र छोरीको रिपोर्ट नेगेटिभ आएको पारिवारीक स्रोतले बताएको छ । 

महानगरपालिकाले भने मेयर सरावगीको स्वास्थ्य अवस्थाको बारे जानकारी दिएको छैन भने सचिवालय समेत मौन भइदिएको कारण सरावगीका शुभचिन्तकहरु चिन्तित देेेखिएका छन्।

मेयर सरावगीका आफन्तले बताएनुसार अहिले सरावगीले प्रयोग गर्ने तीनवटै मोबाइल चालु अवस्थामा छन् । संक्रमित अवस्थामा रहेका सरावगी तनाव पन्छाएर स्वास्थ्य लाभ गर्नुको साटो दिनभरी मोबाइलमा व्यस्त रहने गरेकोले गर्दा शरीरलाई चाहिने जति आराम पाउन सकेको छैनन्।

रेम्डेसिभिरको फुल डोज लिईसकेका मेयर सरावगीको स्वास्थ्य अवस्था सामान्य भएतापनि कोरोनामुक्त नभएको स्थिती छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ