एजेन्सी । सामाजिक सञ्जाल पनि अब 'बिजनेस वार' सुरु हुने संकेत देखिएको छ । यस वारको निश्चित फाइदा प्रयोगकर्तलाई नै हुनेछ ।
अमेरिकन म्यागजिन 'द वर्ज' का अनुसार माइक्रो ब्लगिङ्ग साइट ट्वीटर आफ्नो प्रयोगकर्तालाई आकर्षण गर्न ट्वीटरमा शब्द संख्या नराख्ने भएको छ । अहिले ट्वीटरमा अधिकतम १४ क्यारेक्टर सम्म लेख्न सकिन्छ ।
ट्वीटरमा प्रयोगकर्ताहरु संकेत र लिंक फरवर्ड गरेर आफ्नो कुरा साथिहरु सम्म पुर्याउने गर्दथे । अब फेसबुक, ईमेलमा जस्तै ट्वीटरमा पनि युजरलाई क्यारेक्टर गन्ने पर्ने बाध्यता रहने छैन ।
तपाई आफ्नो कुरा ट्वीटरमा मजाले राख्न सक्नुहुनेछ । ट्वीटरमा यो सुविधा दुई हप्ता पछि लागु हुने कम्पनिले जनाएको छ ।