arrow

बोलेरो जिपसहित अबैध मालसामान बरामद

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७७ साउन ३२ आइतबार
117975927_631312244489120_2.jpg

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जिल्लाको विभिन्न  स्थानबाट अन्दाजी १२ लाख ५६ हजार ४ सय २० रुपैया मुल्य बराबरको अबैध  मालसामान बरामद गरेको छ । 

नेपालबाट अबैध रूपमा भारततर्फ लैजाँदै गरेको उक्त मुल्य बराबरको मालसामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक राजुले जानकारी दिए । 

प्रहरी चौकी बासाबाट खटिएको  प्रहरी टोलिले सरावल गाउपालिका वडा नम्बर १ सरावल चोकबाट  भारत तर्फ अबैध रुपमा लैजाँदै गरेको अन्दाजी १८ हजार ९ सय मुल्य बराबरको २७ बोरामा अबैध युरिया मल बोकेको ग २ च ५००९ नम्बरको बोलेरो जिप अन्दाजी १० लाख मुल्य बराबर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तैगरी शनिबार नै  नेपालबाट भारततर्फ अबैध रूपमा भन्सार छ्ली लैजाँदै गरेको प्रतापपुर गाउँपालिका वडा नम्बर ५ भैरवपुरबाट अन्दाजी २५ हजार ६ सय मूल्य बराबरको १६ बोरामा ४ सय किलो हरियो केराउ साथै सरावल गाउँपालिका ७ बुलन्दपुरबाट अन्दाजी २ लाख १० हजार मुल्य बराबरको ६० बोरामा ३ हजार किलो हरियो केराउ र भारतबाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको अन्दाजी १  हजार ९ सय  २० मुल्य बराबरको ४० किलो चिनी बर्दघाट नगरपालिका ९ भुताहास्थित उक्त मालसमान साइकलमा राखी लैजाँदै र ल्याउँदै गर्दा प्रहरी टोलिलाई देखि सामान फालि मानिस साइकल सहित भागेका थिए ।

बरामद भएका सबै सामान र बोलेरो जिपलाई आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ