arrow

मुस्ताङ्ग पनि जलवायु परिवर्तनको उच्च जोखिममा

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
Manangi-hamrakura.jpg.jpeg
काठमाडौं । मुस्तांग जिल्लालाई पहिलो जलवायु परिवर्तन स्थानीय अनुकुलन कार्ययोजना युक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला विकास समिति मुस्तांगको आयोजना र सांसद् रोमी गौचन थकालीको प्रमुख आतिथ्यमा जिल्लालाई जलवायु परिवर्तन स्थानीय अनुकुलन कार्ययोजना युक्त जिल्ला घोषणा गरिएको हो । 
 
स्थानीयस्तरमा भोगेका जलवायुजन्य जोखिम र त्यसको असरबाट संकटासन्न समुदायको पहिचान गरी उपयुक्त अनुकुलनका उपायहरुको प्राथमिकता निर्धारण भएको छ । साथै स्थानीय समुदायको सहभागितामा योजनाहरुको कार्यान्वयन गरि अनुकुलन क्षमता बढाउनका लागि स्थानीय अनुकुलन कार्ययोजना अन्यन्त उपयोगी देखिएपनि अनुकुलन योजना कार्यन्वयनका लागि आवश्यक पर्ने आर्थिक श्रोत जुटाउन भने समस्या भएको कार्यक्रममा सहभागीहरु बताउछन् ।
 
जलवायु परिवर्तन स्थानीय अनुकुलन कार्ययोजना (LAPA) युक्त पहिलो जिल्ला भएपनि मुस्ताङ्ग जलवायु परिवर्तनजन्य स्तरीकरण दृष्टिकोणले उच्च जोखिमयुक्त क्षेत्र मानिएको छ । मुख्य हिमालय श्रृंखलाको वृष्टि छायाँ Rain shadow मा पर्ने भएकाले मुस्ताङ्ग हावापानी सुख्खा तथा ठण्डा प्रकारको छ । जिल्लाको प्राय भागमा ६ महिना भन्दा बढी हिउँ जमिरहन्छ । जिल्लाको उत्तरी सीमावर्ती क्षेत्रको हावापानी तिब्बत स्वशासित क्षेत्रसँग मिल्दो जुल्दो छ । 
 
दक्षिणी भाग केही हदसम्म मनसुनी हावपानी मिल्दो जुल्दो भएकाले वर्षात्को समययमा २—३ महिना हल्का वर्षा हुने गर्दछ । औषत वार्षिक वर्षा जिल्लाको तल्लो भागमा २०० मि.मि भन्दा तल रहन्छ र उत्तरतर्फ वर्षाको यो मात्रा ७० मि.मि भन्दा तल रहने यो जिल्लामा पनि जलवायु परिवर्तनको प्रभाव अनुभव गरिएको स्थानीय बासिन्दा बताउँछन् । स्थानीय समुदायको सहभागितामा जलवायु जन्य जोखिमको लेखाजोखा गर्दा मुस्तांग जिल्लाका अधिकांश गाविसका वस्तीहरु बाढी र नदीकटानबाट अति जोखिममा रहेको देखिन आएको छ । 
 
जोखिममा परेका वासिन्दालाई अनुकुलनको अनुभूति दिलाउन आवश्यक ठाउँमा तटबन्ध निर्माण, वृक्षारोपण गर्ने, पानीका श्रोत संरक्षण र जोखिममा परेका दलित, विपन्न, महिलालाई लक्षित गरी कार्यक्रम निर्धारण गर्ने कार्य अनुकुलन कार्ययोजनामा रहेका छन् । 
 
त्यसैले नेपालका गरिब र पछाडि परेका पारिएका मानिसहरुको जीविकोपार्जनमा सुधार ल्याउनु तथा जलवायु परिवर्तनको जोखिम प्रतिको वहन क्षमता वृद्धि गर्ने लक्ष लिई नेपाल सरकार र बहुसरोकारवाला वन कार्यक्रमको साझेदारीमा यस जिल्लामा पनि जलवायु परिवर्तन अनुकुलन कार्यक्रम संचालन भएको छ । बहुसरोकारवाला वन कार्यक्रम फिनल्याण्ड सरकार, स्वीट्जरल्याण्ड सरकारको स्वीस विकास नियोग तथा संयुक्त अधिराज्यको अन्तर्राष्टिय सहयोग विभाग (DFID) को आर्थिक सहयोगमा सञ्चालित छ ।
 
बहुसरोकारवाला वन कार्यक्रम जलवायु परिवर्तन अनुकुलन कार्यक्रम संचालनको शुरु भए पश्चात मुक्तिनाथ, कागवेनी, झोंग, जोमसोम, मार्फा टुकुचे र लेते गरी ७ वटा गाविसहरुको लापा कार्यक्रममा सहजीकरणमा तयारी भएको छ । हरियो वन कार्यक्रमको सहजीकरणमा कोवाड., कुञ्जो, छुसांग, घमी, सुर्खांग, चरांग, लोमन्थांग, छोसेर र छोन्हुप समेत ९ वटा गाविसहरुमा लापा तयार गरिएकोमा जिल्ला विकास समिति मुस्तांगको पहल र बहुसरोकारवाला वन कार्यक्रम जलवायु परिवर्तन अुनुकुलन कार्यक्रम समेतको लगानीमा केही गाविसहरुमा लापा कार्यान्वयन अगाडि बढेको छ । 
 
जिल्लामा तयार भएका १६ वटा लापाहरु मध्ये जोमसोम, कोवाड., टुकुचे, कुञ्जो र छोसेर गरी ५ वटा गाविसहरुमा कृषि तथा वन वातावरण समिति मार्फत कार्यान्वयनको शुरुवात भएको छ । यस जिल्लामा बहसरोकारवाला वन कार्यक्रम–जलवायु परिवर्तन अनुकुलन कार्यक्रम अन्तर्गत लापामा उल्लेख भएका र प्राथमिकतामा परेका कार्यक्रमलाई कार्यान्वयन गर्ने तथ्यलाई ध्यानमा राखी समष्टिमा तालिकामा उल्लेख भए अनुसारका कार्यक्रमहरु कार्यान्वयन भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ