arrow

बुटवल उपमहानगरका कर्मचारीमा पनि संक्रमण, किट नहुँदा कन्ट्रयाक ट्रेसिङ्गमा ढिलाई

logo
नारायण वली,
प्रकाशित २०७७ साउन ३२ आइतबार
butwal-metro.jpg

रुपन्देही । बुटवल उप–महनगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या दिनानु दिन वढ्दै गएकाले समुदाय स्तरमा यसको नराम्रो असर देखा पर्न थालेको छ । बुटवल उप–महानगरमा कार्यरत ५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखा परेको बुटवल उप–महानगरपालिकाका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिएका छन् । 

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परिक्षणमा ३ जना कर्मचारीसहित १६ जना संक्रमित थपिएका हुन् । “हाम्रा कुरा” संग कुरा गर्दै, प्रवक्ता रेग्मीले ५ जना कर्मचारी र अन्य उनीहरुका परिवारहरु रहेको दावी गरेका छन् । तर वाहिर भने १६ जना सवै कर्मचारीहरु नै रहेको भन्दै केहि सञ्चार माध्यममा समाचार प्रकाशित भएको छ । 

उपमहानगरमा हाल सम्म ४ सय ५० जना भन्दा वढी कर्मचारीहरु कार्यरत रहेको प्रवक्ता रेग्मीले जनाउँदै, अव सवै कर्मचारीहरुको पिसिआर परिक्षण गरिने र त्यसका लागि स्वास्थ्य मन्त्रालय संग आवश्यक किट मगाईएको वताए । उनले भने, किट नभएकाले कन्ट्रयाक ट्रेसिङ्गमा केहि समय लाग्ने वताए ।

हिजो सम्मको रिपोर्टमा बुटवल उप–महागरपालिकामा ८० जना संक्रमित पुगेका छन् । लेखा शाखामा कार्यरत एकजना अधिकृतमा पनि कोरोना संक्रमण देखिएको छ । उक्त संक्रमित अधिकृतको सम्पर्कमा रहेका कर्मचारी र जनप्रतिनिधिहरुको पिसीआर परीक्षण बाट आईतबार (आज) ३ जना अन्य अधिकृतमा पनि संक्रमण पुष्टि भएको हो । ती सवै अधिकांश बुटवलको कालिकानगर क्षेत्रका रहेको वताईएको छ ।

शनिबार (हिजो) सम्मको तथ्याङ्क अनुसार बुटवल उपमनगरपालिकाको वडा न.११ मा सबैभन्दा बढी १८ जना संक्रमित भेटिएका थिए । भने त्यस्तै वडा नं १० मा ८ जना, वडा नं.१३ मा ४ जना र वडा नं.१२ मा २ जनामा कोरोना संक्रमण देखिएको थियो । 

यस्तैगरी वडा नं १ देखि ७, ९ र १६ मा १-१ जना संक्रमित रहेका छन् । वडा नं १५, १७, १८ र १९ मा भने शनिबार (हिजो) सम्म कोरोना संक्रमण फेला नपरेको बुटवल उपमहानगरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ