arrow

दिल्लीबाट धनगढी आउँदै गरेको बसमा शब फेला

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
Kailali-hamrakura.jpg.jpeg
धनगढी । नयाँदिल्लीबाट धनगढीका लागि छुटेको ना५ख ६५०० नं को रात्रि बसको सिटमा एक नेपाली यात्रु आज मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले उक्त बसमा सवार बैतडी जिल्ला महारुद्र गाविस–४ का उदगीबहादुर चन्दलाई बसको सिटमा मृत फेला पारेको हो । 
 
दिल्लीको आनन्दबिहार बस बिसौनीबाट बुधबार साँझ बसमा चढेका चन्दको बस गुडिरहेकै अवस्थामा गएराति निधन भएको साथमै रहेका मृतका आफन्तलाई उद्धृत गर्दै प्रहरी निरीक्षक कर्ण कार्कीले बताए । 
 
बसमा चढ्नुअघि मुम्बईबाट दिल्लीको बस बिसौनातर्फ आउने क्रममा बाटोमा बान्ता भई बिरामी भएपछि स्थानीय अस्पतालमा उपचार गराई चन्द धनगढी आउने बसमा चढेको बताइएको छ । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ