arrow

पूर्वको महानगरको समुदायमा कोरोना, थपिए ४३ संक्रमित

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
biratnagar-in-nepal-new-news.jpeg

विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना संक्रमित पुष्टि भएका छन् ।
    
महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा संक्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमित हुनेमा १९ महिला रहेका छन् ।

संक्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का छ-छ जना , विराटनगर २ र ५ का चार -चार जना, विराटनगर ४ का तीन जना र  विराटनगर ८ का एक जना रहेका छन् ।
    
यसअघि प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो जारी गरेको विवरणमा यहाँ ४० जना संक्रमित थप भएका थिए । 

संक्रमितको सङ्ख्या ५२३ पुगेको छ  भने निको भई घर फर्कनेको सङ्ख्या ८६ जना रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ