arrow

हेटौँडामा थपियो निषेधाज्ञा, अझ कडा पारिने

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
hetauda-Banda.png

वाग्मती । मकवानपुरमा कोरोना संक्रमित बढ्दै गएपछि हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा भदौ १ देखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि साउन २६ गतेदेखि ३२ सम्म निषेधाज्ञा जारी भएको थिथो ।

हेटौँडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना सङ्कट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले नौ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । कोरोना भाइरस जनस्तरमा फैलिन थालेपछि जनताको स्वास्थ्य सुरक्षाका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । निषेधाज्ञा विगतका तुलनामा कडा पारिने उनको भनाइ छ । 

निषेधाज्ञा समयमा बिहान ५ देखि  ८ बजेसम्म पसल खुला रहने छ । त्यस अवधिमा हेटौँडाका खाद्यान्न, तरकारी र फलफूलका पसल सञ्चालन हुने बताइएको छ । साथै उपमहानगरपालिका तथा प्रहरीद्वारा माइकिङ गरी निषेधाज्ञाको पालना गर्न टोल तथा बजारमा सूचनासमेत जारी गरेको पाइएको छ ।

 त्यसैगरी सुरक्षा सतर्कता पनि बढाइएको छ । जिल्ला बाहिरवाट भित्र तथा जिल्लाभित्रबाट बाहिरको आवागमन पनि रोकिएको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ