arrow

कोरोनाबाट बाँकेमा मात्रै मृत्यु हुने चार पुगे, सोमबार राति ६२ वर्षीय पुरुषको गयो ज्यान 

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ भदौ २ मंगलबार
coronavirus-hamrakuras1.jpg

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । नेपालगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएसगै मृतकको संख्या ४ पुगेको हो । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का ६२ वर्षका पुरुषको सोमबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । 

साउन ३० गते कोरोनाको लक्षण देखिएपछि उनी ३२ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । 

कोरोनाको आशंकामा उनको स्वाब लिइएको थियो । सोमबार  दिउँसो ३ बजे आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको थियो । 

सोमबार राति ११ः४० बजे उनको मृत्यु भएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए । उनलाई दुबै फोक्सोमा निमोनिया भएको थियो । 

यसअघि नरैनापुर गाउँपालिका ५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिला र कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

सोमबार अपरान्हसम्म देशभर १०७ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ