arrow

सर्लाहीमा प्रहरीको अपरेशनः अवैध सामान बरामद 

logo
प्रकाशित २०७७ भदौ २ मंगलबार
sarlahi.png

सर्लाही । प्रहरीले सर्लाहीको विभिन्न स्थानबाट सोमबार राति अवैध सामान बरामद गरेको छ । सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकाको मधुवनीगोठबाट २० हजार बराबरको १४ बोरा मोटर केराउ बरामद भएको प्रहरीले जनाएको छ । 

तेस्रो मुलुकबाट आएको केराउ यहाँबाट भारततर्फ लैजान खोज्दा प्रहरीले बरामद गरेको हो । 

यस्तै ईश्वरपुर नगरपालिका–६, नगरपालिका चौकबाट भन्सार छलेर भारतबाट ल्याइएको ४० हजार बराबरको दुई बोरा खैनी बरामद भएको छ ।

यसैगरी ब्रम्हपुरी गाउँपालिका ४ बाट २५ हजार बराबरको टि–सर्ट र साडीको कपडा बरामद भएको प्रहरीले जानकारी दिएको छ । 

चन्द्रनगर गाउँपालिका मोहनपुरबाट पानीपुरीमा प्रयोग हुने झण्डै १२ हजार बराबरको अवैध सामान बरामद गरिएको छ । 

बरामद यी सामग्री आज ९भन्सार० भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि बुझाइने जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

सीमा नाका शील रहेको अहिलेको अवस्थामा भारतबाट लुकाईछिपाई सामान भित्र्याउँदा जोखिम हुने भएकाले कडाई गरिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ