arrow

नेकपाका वडासदस्यद्धारा मन्दिर गएका दुई महिलामाथि करणी

जंगबहादुर माझी मन्दिरका पुजारी पनि हुन्, जसले अपराध स्वीकारी गाउँमै मुद्दा मिलाउन गरेका थिए अनुरोध 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २ मंगलबार
jungabahadur-majhi-nekapa-w.jpg

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ का ३७ बर्षिय वडा सदस्य जंगबहादुर माझीलाई दुई जना महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ गरी कारबाही प्रकृया अघि बढाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित वडा सदस्य माझीलाई पक्राउ गरी सोमबार जिल्ला अदालत सिन्धुलीमा जबर्जस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले महिलामाथि यौन दुर्व्यवहार गर्ने वडा सदस्य माझीलाई मुद्धा दर्ता गरी अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद समेत लिएको जानकारी दिए । 

पीडितले किटानी जाहेरी दिएपछि मुद्धा दर्ता गरी अनुसन्धान प्रकृया पनि सुरु गरेको उनले बताएका छन् । 

पक्राउ परेका वडा सदस्य माझीले आफू हरिहरपुरढी गाउँपालिका–८ को भित्रिजमुने र काँस बगर खोलाकोबीचमा रहेको जलेश्वर महादेवको पुजारी भएको समेत बताएका छन् ।

२०७७ साउन महिनाको ३० गते शनिवार तीन घण्टाको पै दल यात्रा गरेर जलेश्वर महादेव स्थान पुगेका २५ र ३८ बर्षका महिला पूजारी माझीबाट बलात्कृत भएसंगै यस्तो घटना सार्वजनिक भएको हो । 

आफुहरुले पनि घटना सार्वजनीक नगरे अरु महिलाहरु पनि बलात्कृत हुन सक्ने भएकोले बलात्कारीलाई कानुनी सजाय हुनुपर्छ भनेर जिल्लामा आएको पीडित महिलाले बताएका छन् । 

पुजारीले गरेको गल्ती स्वीकारेको र गाउँमा नै मिलाईदिन आग्रह गरेको स्थानीय बासिन्दाले बताएका छन् । 

यसअघि गोलन्जोर गाउँपालिका–७ का नेकपा वडा कमिटीका सचिब बिदुरप्रसाद देवकोटाबाट १५ बर्षिया बालिका बलात्कृत भएपछि उनी अहिले पुर्पक्षको लागि थुनामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ