arrow

अन्ततः कास्कीमा निषेधाज्ञा जारी, के गर्न पाइन्छ ? के पाइँदैन ? 

logo
हरि पन्त, 
प्रकाशित २०७७ भदौ २ मंगलबार
kaski-curfew.jpg

पोखरा । अन्ततः पोखरामा पनि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना प्रकाशित गरेर निषेधाज्ञा जारी गरेको हो । 

प्रशासनको सूचना अनुसार भदौ २ गते राति १२ बजेदेखि ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको छ ।

पोखरा महानगरपालिकाले सोमबारदेखि नै निषेधाज्ञा लगाउने निर्णय गरे पनि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वीकृति नदिएपछि रोकिएको थियो । 

पोखरामा कोरोना भाइरसको संक्रमण फैलिएसंग जनस्तरबाटै लकडाउन गर्नुपर्ने माग हुँदै आएको थियो ।

पोखरामा मात्र २०० जना भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् भने पाँच जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरस समुदायस्तरमै फैलिएको भन्दै कडा खालको लकडाउनको माग भएको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सूचना जारी गर्दै यस अवधिमा अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नपाउने उल्लेख गरेका छन् ।

‘एम्वुलेन्स, शव वाहन, दमकल, खाद्य सामग्री, पशुपंक्षीका दाना, तरकारी फलफूल, दूध, डेरीजन्य उत्पादन, मासु, पानी बोक्ने सवारी साधन, औषधी बोकेका सवारी साधन, अत्यावश्यक कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधन, झण्डा बाहक सवारी साधन, कुटनीतिक नियोकका सवारी साधन, मालबाहक सवारी साधन, प्रेस तथा परिचयपत्र बोकेका संचारकर्मीले प्रयोग गर्ने साधन सञ्चालन गर्न पाइनेछ’, सूचनामा भनिएको छ ।

यस अवधिमा बैंकका एटीएमहरु सञ्चालन गर्न पाइने तर बैंक खोल्न नपाइने भएको छ । यस्तै किराना पसल, तरकारी, फलफूल, प्रेस हाउस, डेरीजन्य पसलहरु बिहान ५ बजेदेखि राति ८ बजेसम्ममात्र खोल्न पाइने प्रजिअ अधिकारीद्धारा जारी सूचनामा भनिएको छ ।

प्रशासनले तोक बमोजिम बाहेकका काम गरेको पाइएमा कानून अनुसार कडा कार्वाही गर्ने प्रजिअ ढकालले चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ