arrow

साँखुमा १५ संक्रमित, हिडँडुल गर्न कडाइ

logo
प्रकाशित २०७७ भदौ २ मंगलबार
covid-test-positive-corona.jpg

काठमाडौँ ।  शङ्करापुर नगपालिका साँखुमा कोरोना भाइरस संक्रमितको सङ्ख्या १५ पुगेको छ । उपत्यका विभिन्न ठाउँमा संक्रमितको सङ्ख्या बढेसँगै शङ्करापुरमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या बढ्दो रुपमा छ । 

संक्रमितहरुको होम आइसोलेसन र सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार भैरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चापागाईंले जानकारी दिए । 

यो साता नगरपालिकामा २६२ जनाको पिसिआर परीक्षण गरेको बताउँदै चापागाईंले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्रयाक ट्रेसिङसमेत भइरहेको जानकारी दिए ।  

नगरपालिकाले संक्रमितहरुको उपचारको लागि स्वास्थ्य शाखाको संयोजनमा सुस्मा कोइराला अस्पताल र पिपुल्स लाइफ केयर अस्पतालसँग सहकार्य गर्दै आइरहेको छ । 

नगरपालिकासँगको सहकार्यमा स्वास्थ्यकर्मीहरु नियमित उपचारमा खटिरहनुभएका प्रमुख चापागाईंले बताए । संक्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले सेमि­लकडाउनको घोषणा गर्दै सवारीसाधन आवतजावत र अनावश्यक हिडँडुल गर्न कडाइ गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ