arrow

पढ्ने रहर पुरा नहुने भो अर्जुनको, अशक्त आमा सडकमा भौतारीदै

logo
बिष्णुकुमार देवकोटा,
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
ama-chora-arjun.jpg.jpeg
 घोराही दाङ । कक्षा ४ र २ मा  मा अध्ययनरत आफ्ना १२ वर्षीय छोरा  अर्जुन बिक र ८ वर्षीय  छोरा अजय बिकको पढाईलाई निरन्तरता दिनका लागि शारिरीक रुपमा अशक्त आमा सोनु बिक सडकका गल्ली गल्लीहरुमा भौतारीरहेकी छन् । शुभ सन्देश बोर्डिङ्ग स्कूलमा कक्षा ४ मा अध्ययनरत अर्जुन बिक र  २ मा अध्ययनरत  अजय बिकको पढाईका लागि खर्चको जोहो गर्न  सोनु डकमा आइपुगेकी हुन् ।  
 
बाललिला गर्ने बेलामा बालक अर्जुन बिक समेत आफ्नो पढाईलाई निरन्तरता दिन सडकमा आमा संगै भौतारीरहेका छन् । गत वर्ष २०७२ कार्तिक महिनामा बृद्ध पिता बल बहादुर बिकको असामयिक निधन पछि बिक परिवार संकटापन्न अजस्थाबाट गुज्रिरहेको हो । ३५ वर्षीया शारिरीक अशक्त आमा सोनुको अवस्थाले अर्थोपार्जन छोराहरुको पढाईलाई निरन्तरता दिने अवस्था छैन । अश्रुमिश्रित स्वरमा सोनु भन्छिन्, ‘यी दुई छोराको पालन पोषण र शिक्षा दिक्षाका लागि सडकमा गुहार माग्दै हिड्न बाध्य छुँ ।’
 
दाङको घोराही नगरपालिका –८ बडहरा निवासी सोनु बिकको बालविबाह भएको थियो । उमेरले हाल ३५ वर्ष मात्रै टेकेकी सोनु र दिवंगत पति बलबहादुर बिकका २ छोराहरु मात्रै हुन् । जेठो छोरा अर्जुन कक्षा ४ मा र कान्छा छोरा कक्षा २ मा अध्ययनरत छन् । गैरसरकारी क्षेत्रमा क्रियाशील मुकुन्द अधिकारीको व्यक्तिगत सहयोगमा बोर्डिङ्गमा भर्ना भई अध्ययन गरिरहेका ती दुई भाई अधिकारी जिल्लबाहिर सरुवाभएपछि सहाराविहिन भए । अधिकारीको सहयोग रोकिएपछि  विचल्ली भएको आमा सोनुले बताईन् । पढाईमा अब्बल अर्जुन गत शैक्षिक सत्रको कक्षा ३ को परिक्षामा प्रथम भएका थिए । 
 
बच्चाको पढाई खर्च, टिफिन खर्च, ड्रेस, शैक्षिक शुल्क लगाएतको खर्चको जोहो गर्ने उद्देश्यले सरकारी तथा गैर सरकारी संघ संस्थाहरुमा चहार्दे हिडेको सोनुले बताइन् । सहयोगको याचना सहित  घोराही नगरपालिकाको सिफारिसमा सीसा नेपालमा पुगेकी बिकका आमा छोराद्वय लाई राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगंज बाँकेका  प्रमुख मुरारी खरेल तथा सीसा नेपालका अध्यक्ष साजिदा सिद्धिकी को टोलीले भेटगरी अवस्था बुझेको छ । 
 
सानो फूसको चुहिने छानामा ऐलानि जग्गामा दयनिय अवस्थामा गुजारा गर्दे आइरहेको बिक परिवारलाई हालसम्म सरकारी तथा गैह्रसरकारी क्षेत्रबाट कुनै पनि  सहयोग आएको छैन । आफ्नो पढाई र भविष्य प्रति चिन्तित अर्जुनले आफ्नो पढाईलाई निरन्तरता दिनका लागि सहयोग गर्न सबैमा आग्रह गरेका छन् । ‘सहयोग नभए पढाई छोड्नुको बिकल्प छैन’ –अर्जुनले भने । सवैै संघसंस्थाको सहयोगमा अर्जुनलाई सहयोग गर्नका लागि पहल गर्ने सीसा नेपालका अध्यक्ष साजिदा सिद्धिकी ले बताइन् । मानवीय संकटमा सहयोग गर्न सबैमा सिद्धिकि ले आग्रह समेत गरिन् । सिद्धिकीले भनिन्, ‘यो समस्यालाई मानवअधिकार आयोग, शिक्षा कार्यालय, जिल्ला शिक्षा समिति लगाएत मन्त्रालय स्तरमा समेत पठाइने छ ।’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ