arrow

लमजुङ बस दुर्घटना : थप दुईको मृत्यु, मृतकको संख्या ११

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
lamjung-durghatana.png.png
लमजुङ । पश्चिम लमजुङमा यात्रुवाहक बस दुर्घट्नामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । ९ जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा लैजाँदै गर्दा मृतइु भएको हो ।  विहिबार साँझ तनहुँको सदरमुका दमौलीबाट लमजुङको जिताकोट तर्फ जाँदै गरेको ना ६ ख ४१३६ नम्बरको बस साँझ दुर्घटना भएको थियो ।
 
मध्यनेपाल नगरपालिका –५, अन्तर्गत टक्सार तामाखानीको भीरमा बस दुर्घटना भएको हो । दुर्घट्नामा परी मृत्यु भएका सबै मध्यनेपाल –१ (पहिलाको जिता गाविस) जिताकोटकै हुन् । प्रहरीले दिएको जानकारी अनुसार घटनास्थलमै मृत्यु हुनेमा मध्यनेपाल १, जिताकोट का रमा गुरुङ, रामकृष्ण गुरुङ, चिनमाया गुरुङ, राजिन गुरुङ, शेरवहादुर खवास, गणेश गुरुङ, मिनाकुमारी गुरुङ, सविना गुरुङ र नारायण थापा रहेका छन् भने उपचारमा लैजाँदै गर्दा जया खबास र सागर थापाको मृत्यु भएको हो ।
 
दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारको लागि दमौली, पोखरा लगिएको स्थानीय राजेन्द्र रेग्मीले जानकारी दिए । बस दुर्घटनापछि जिताकोट गाँउ शोकमय भएको छ । एउटै गाउँका एघार जनाको ज्यान गएपछि गाउँ शोकमा डुबेको छ । साविकको तान्द्राङ टक्सार र जिता गाविसको सिमानास्थित साल्मेडाँडाबाट बस दुर्घटना भएको थियो । बस सडकबाट तीनसय मिटर भन्दा तल खसेको रेग्मीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ