arrow

राष्ट्रपति भण्डारी तिलौराकोटमा

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
Bidhya-Devi-Bhandari.jpg.jpeg
नवलपरासी । लुम्बिनीको भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो बजे कपिलवस्तुको तिलौराकोट पुगेकी छन् । लुम्बिनीमा रहेको मायादेवी मन्दिरमा पूजा अर्चनासहित लुम्बिनी क्षेत्रको अवलोकन सकेर राष्ट्रपति भण्डारी तिलौराकोट पुगेकी हुन् । 
 
राष्ट्रपति भण्डारी करिब एकघण्टा लुम्बिनीमा रहँदा लुम्बिनीको समग्र गुरुयोजना, लुम्बिनीको समग्र अवस्थाबारे लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले राष्ट्रपति भण्डारीलाई जानकारी गराए । 
 
राष्ट्रपति भण्डारीले तिलौराकोटमा रहेको भगवान गौतमबुद्धसंग सम्बन्धित विभिन्न स्थलको अवलोकन गर्ने कार्यक्रम छ । तिलौराकोटको अवलोकनपश्चात् राष्ट्रपतिले शुक्रबारै नवलपरासीको रामग्राम स्तुप क्षेत्रको अवलोकन गर्ने तालिका छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ