arrow

राजनीति,यौन र हिंसासँग जोडिएका विवादित तथा प्रतिबन्धित १० चलचित्र

logo
गोविन्द अधिकारी,
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
8e82c7c9a9f39ba09e89625a531f2a01.jpg.jpeg
काठमाडौ। बलिउडमा यौन, सामाजिक,  राजनीतिक र धार्मिक विवादका कारण थुप्रै चलचित्रहरु माथि प्रतिबन्ध लाग्दै आएका छन् । केहि चलचित्रहरु रिलिज हुनुपुर्व नै सेन्सर बोर्डको शिकार बने भने केहिलाई रिलिज भएपछि प्रतिबन्ध लगाइयो ।
 
यस मध्ये पनि केहि यस्ता चलचित्र रहेका छन् जुन कानुनी लडाई लडेर बक्स अफिसमा रिलिज भए ।  जुन दर्शक बिच लोकप्रिय रहेका छन्  । हेरौ बलिउडका  १० विवादित र प्रतिबन्धित चलचित्रहरु ।   
 
१. परजानिया 
सन् २००२ मा गुजरातमा भएको दंगालाई आधार बनाएर बनाइएको चलचित्र परजानिया २००७ मा आएको थियो । दंगा र सांप्रदायिक हि‌सा  फैलिने डरले भारतका राजनितिक पार्टीले चलचित्रको रिलिजको बिरोध गरे ।
 
बिरोधका कारण चलचित्र माथि सेन्सर बोर्डले प्रतिबन्ध लगायो ।निर्देशक राहुल ढोलकियाको सो चलचित्रले कयौ राष्ट्रीय र अन्तराष्ट्रिय पुरस्कार जितेको थियो ।  
 
 
२. फायर 
दीपा मेहेताको चलचित्र फायर सन् १९९७ मा बनेको हो । चलचित्र दुई महिला बिचको यौन सम्बन्धमा आधारित रहेको छ । चलचित्र रिलिज भएसँगै यसमा रहेको बोल्ड कन्टेन्ड रहेको भन्दै केहि संगठन ले ब्यापक बिरोध गरे । जसकारण चलचित्र माथि प्रतिबन्ध लाग्यो । 
 
३. कामसूत्र 
 सन् १९९६ मा बनेको चलचित्र कामसूत्रलाई सेन्सर बोर्डले बोल्ड बिषय रहेको भन्दै चलचित्र रिलिज हुन दिएन । चलचित्रको रिलिजलाई लिएर धेरै बिवाद रह्यो । अंग्रेजीमा भाषामा रहेको सो चलचित्र आज पनि प्रतिबन्ध रहेको छ । 
 
४. पाँच
  निर्देशक अनुराग काश्यपको चलचित्र पाँच आज सम्म रिलिज भएको छैन । चलचित्र  साइको थ्रिलरमा आधारित रहेको छ । गाली पुर्ण संवाद , बोल्ड र उत्तेजक गर्ने दृश्यलाई लिएर सेन्सर बोडले सो चलचित्र माथि प्रतिबन्ध लगाएको थियो ।
 
जुन प्रतिबन्ध अहिले सम्म रहेको छ । चलचित्र सन् १९७६ मा पुर्णमा भएको जोशी अभंयकर हत्यामा आधारित रहेको छ । 
 
५. ब्लाक फ्राइडे 
सन् १९९२ मुम्बईमा भएको बम हमला मा आधारित चलचित्रको निर्देशन अनुराग काश्यपले गरेका हुन् । चलचित्रको कथा एस हुसेन जेदीको उपन्यास 'बम्बे ब्लास्ट' मा आधारित रहेको छ ।
 
सन् २००४ मा बम्बई हाईकोर्टले सो केस चलिरहेको कारण चलचित्रको रिलिजमा प्रतिब्ध लगाएको थियो । सन् २०१४ मा चलचित्र माथि लगाइएको प्रतिबन्ध हटाइएको छ । 
 
६. सिन 
 सन् २००५ मा बनेकोको चलचित्र बिवादित शब्द र बोल्ड दृश्यका कारण सेन्सर बोर्डले प्रतिबन्ध लागायो । 
 
७.किस्सा कुर्सीका 
सन् १९९७ मा निर्माण भएको चलचित्र तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धि द्वारा लगाइएको आपतकाल माथिको व्याङ्ग थियो । चलचित्रको निर्देशन अमृत नाहटा र निर्माता बद्री प्रसाद जोशीले गरेका हुन् । सेन्सर बोर्डले चलचित्र माथि प्रतिबन्ध लगाएको थियो । 
 
८. वाटर 
सन् २००५ मा बनेको चलचित्रको निर्देशन दीपा मेहेताले गरेकि हुन् । चलचित्रको स्क्रीन प्ले अनुराग काश्यपले गरेका हुन् । चलचित्र वाराणसीमा रहेकि विधुवा महिला को जिवनमा आधारीत रहेको छ ।
 
चलचित्र रिलिज भएसँगै केहि धार्मीक संगठनको विरोधका कारण संसर बोर्डले प्रतिबन्ध लगायो । चलचित्र रीवर मुनको नामबाट पुन बनाएर रिलिज भएको थियो । 
 
९. आधी 
यस चलचित्र पनि इन्धिरा गान्धिमा केन्द्रित रहेको छ । चलचित्र निर्देशन गुलजारले गरेका छुन् ।
 
सन् १९७५ मा बनेको यस चलचित्र  माथि  सेन्सर बोर्डले प्रतिबन्ध लगाएको थियो । चलचित्रका दृश्य माथि बोर्डले कैची चलाए पछि मात्र चलचित्र रिलिज भएको थियो । 
 
१०.  ब्यान्डिट क्विन 
चलचित्र डाकुबाट संसद बनेकी फुलन देवीको जिवनीमा आधारित रहेको छ ।  चलचित्र  ब्यान्डिट क्विन रिलिज बारे सेन्सर बोर्ड तयार देखिएन ।   ब्यान्डिट क्विन त्यस समयका चर्चीत निर्माता निर्देशक शेखर कपुरले निर्माण गरेका हुन् ।
 
 सन्  १९९४ मा बनेको यस चलचित्र  बोल्ड दृश्य, गाली पुर्ण सम्बादको कारण प्रतिबन्ध लगाएको थियो  । चलचित्रको कथा बस्तुलाई लिएर फुलन देवीले प्रहरिमा उजुरी गरेकी थिइन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ