कोरोनामा जुवा, एक दर्जन जुवाडे कौडा र नगदसंगै चेकसहित पक्राउ
प्रकाशित २०७७ भदौ ३ बुधबार
629
Shares
लहान । जुवा खेलिरहेको अवस्थामा मंगलबार राति सिरहाको धनगढीमाई नगरपालिका–१३ भाल्टाबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले स्थानीय मदनबहादुर राईको घरमा कौडा जुवा खेलिरेहको अवस्थामा नगद तथा हस्ताक्षर गरिएको चेकसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
पक्राउ पर्नेमा सिरहा, सप्तरी र धनुषाका रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका १२ जनाकै नाम प्रहरीले सार्वजानिक गरेको छैन ।
जुवाखालबाट कौडा १६ थान, रु तीन लाख ६३ हजार ६४०, भारु चार हजार ८१० र हस्ताक्षर गरी राखिएको रु चार लाख ४८ हजार ३७३ को चेक तथा १४ थान मोबाइल बरामद भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।