कपिलवस्तु । २५ सय ६०औ बुद्धजयन्तीको अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीले लुम्बिनी भ्रमण गरेकी छन् । भ्रमणको क्रममा बुद्ध जन्म स्थल लुम्बिनी, दरबार स्थल कपिलबस्तु तिलौराकोट र मावली गाउँ दलेवदह र नवलपरासीको रामग्राममा भम्रण गरेकी हुन् ।
दिउँसो हेलिकोप्टरमा लुम्बिनीमा पुगेकी भण्डारीले अवलोकन सकेपछि कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रमा १ घण्टा अवलोकन भ्रमण गरेकी थिइन् ।
सो अवसरका कपिलवस्तु र तिलौराकोट दरबारको बारेमा पुरातत्व अधिकृत राम बहादुर कुवँरले उत्खनन र इतिहासको बारेमा राष्ट्रपतिलाई अवगत गराए । सो लगत्ते राष्ट्रपति नवलपरासीमा रहेको बुद्धको मावली गाउँ रामग्राम प्रस्थान गरेकी थिइन् । कपिलवस्तु तिलौराकोट दरबार क्षेत्रमा रहँदा भण्डारीले स्थानीय नागरिकसंग भेटघाट समेत गरिन् ।