arrow

कोरोनाका बेलामा काठ तस्कर सक्रिय

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
wood-taskari.jpg

भरतपुर । डिभिजन वन कार्यालय चितवनले  अवैध ४४९ क्यूफिट काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानबाट सो परिमाणमा काठ बरामद गरिएको हो । 

भरतपुर महानगरपालिका –१६ बाट ५९ क्यूफिट काठसहित फर्निचर उद्योग सञ्चालकलाई बुधबार नियन्त्रणमा लिइएको छ । सिद्धार्थ फर्निचर उद्योगका सञ्चालकलाइ अवैध काठसहित पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । सञ्चालक राम नेपालीको फर्निचर उद्योगबाट साल, सल्लो र सिसौको काठ बरामद गरिएको खनालले बताए ।

“काठ खरीदको आवश्यक कागज र विल भेटिएको छैन”, उनले भने’, “थप अनुसन्धानपछि पुष्टि हुन्छ ।” फर्निचर सञ्चालक नेपाली र काठ डिभिजन वन कार्यालयमा राखिएको छ । काठको स्रोत नखुलेका अवस्थामा वन ऐन २०७६ बमोजिम कारबाही गरिने खनालले बताए ।

यस्तै इच्छाकामना गाउँपालिकाको करिनाटरमा जनप्रतिनिधिले सञ्चालन गरेको फर्निचर उद्योगबाट अवैध रुपमा राखिएको सालको गोलाइ डिभिजन वन कार्यालय चितवनले मङ्गलबार बरामद गरेको छ ।

गाउँपालिकाका वडा सदस्य बाबुकाजी त्रिपाठीको फर्निचर उद्योगबाट डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले सालको काठ बरामद गरेको हो । 

अवैध रुपमा राखिएको सालको काठ भेटिएपछि वडा सदस्य त्रिपाठी अनुसन्धानमा तानिनुभएको छ । सालको गोलाइको स्रोत खुलेको छैन । उनले स्थानीयवासी शङ्कर नेपालको निजी जग्गामा लगाइएको साल ल्याएको बताए पनि प्रारम्भिक अनुसन्धानबाट त्यो नदेखिएको वन कार्यालयले जनाएको छ ।

त्रिपाठीको फर्निचरबाट बरामद गरिएको ३९० क्यूफिट सालको गोलाइ काठ जिल्ला वन कार्यालयमा राखिएको छ । उक्त काठका विषयमा अनुसन्धान थालिएको  डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी खनालले जानकारी दिए ।

“काठ कहाँबाट ल्याइएको हो भन्ने प्रमाण देखिएको छैन”, खनालले भने, “पहिला काठ कहाँबाट आयो भन्ने कुराको खोजी हुन्छ ।” स्थानीयवासीको सूचनाका आधारमा काठ बरामद गरिएको हो । देशमा कोभिड –१९  सङ्क्रमण बढिरहेका बेला काठ तस्कर गर्नेहरु सक्रिय भएको खनालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ