arrow

जुगल पहिरोमा ज्यान गुमाउने २८ पुगे, ११ अझै बेपत्ता

पिक, साबेल र कोदालाका भरमा खोजी

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
jugal-pahiro.jpg

सिन्धुपाल्चोक । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको  शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । 

पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए । एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । 

पाँच वर्षीय  सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र  १८वर्षीया ललिता दोङको शव  फेला परेको हो । यससँगै पहिरामा ज्यान गुमाउने २८ जना पुगेका छन्  ।

हालसम्म शव फेला परेकामध्ये १५  पुरूष र १३  महिला  छन् । तीमध्ये १४ बालबालिका मात्रै  छन् । पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना  र  नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन्  ।

एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ