arrow

 वडाध्यक्षलाई कोरोना लाग्यो भनी फैलाइयो हल्ला, यसरी पारे स्पष्ट 

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
chura-bd-khatri.jpg

गुल्मी । गाउँपालिका वडाध्यक्षलाई कोरोना भाइरस लागेको भन्नी हल्ला चलाइएपछि आफू स्वस्थ्य रहेको भनी स्पष्ट पारेका छन् । 

इस्मा गाउँपालिका १ हस्तिचौरका वडाध्यक्ष चुराबहादुर खत्रीलाई कोरोना पोजेटिभ देखिएको भनी इस्मा गाउँपालिकाका जिम्मेवार व्यक्तिबाट भ्रम फैलाइएको भन्दै खत्रीले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएका हुन् । 

आरडीटी गर्ने क्रममा लिइएको स्वाव जाँच गर्दा एक जनामा पोजिटिभ देखिएको विषयलाई लिएर जिम्मेवार व्यक्तिले वडाध्यक्षलाई  पोजेटिभ देखियो भन्दै षड्यन्त्रमुलक ढंगले  चरित्र हत्या गर्ने तथा आफन्तजन र वडाबासी सम्पूर्णलाई टाढा गराउने उदेश्यका साथ हल्ला गर्नु र हल्ला गर्न लगाउनु अत्यन्तै दुस्खद र खेदजनक भएको उनले बताएका छन् । 

खत्रीले प्रेस नोट जारी गर्दै भनेका छन्, ‘यस्ता सम्वेदनशील कुरामा म आफै सचेत रहेको जानकारी गराउँदै  गलत प्रचार प्रसारमा नलाग्न र नलगाउन सम्बन्धित जिम्मेवार व्यक्तिलाई चेतावनी दिन चाहन्छु । तत्कालीन समयमा इस्मा गाउँपालिका १ हस्तिचौरमा कुनै व्यक्ति सक्रिय कोरोना संक्रमित नदेखिएको र यस्ता गलत प्रचारको पछि नलाग्न सम्पुर्ण आम समुदायमा हार्दिक अनुरोध छ। तर कोरोना संक्रमण जो कोहिलाई पनि हुन सक्ने भएकोले सचेततापुर्वक सामाजिक तथा भौतिक दुरि कायम गरि दैनिक क्रियाकलाप अघि बढाउन अनुरोध गर्द्छु । चासो लिएर मेरो बारेमा वास्तविकता जानकारी लिने मेरा आफन्तजन लगायत सम्पुर्ण शुभचिन्तक ज्युहरुमा हार्दिक धन्यवाद ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ