arrow

पार्टी बाहुबल र डनबादमा फसेको आरोप लगाउँदै काँग्रेस परित्यागको घोषणा

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
congress1.jpg.jpeg
काठमाडौ। नेपाली काग्रेस आफ्नो सिद्धान्त र मुल्यमान्यताबाट पूर्ण रुपमा च्यूत भई बाहुबल र डनबादमा फसेको आरोप लगाउँदै नेपाली काग्रेस ओखलढुंगाका पुराना नेता तथा कार्यकर्ताहरुले पार्टी परित्यागको घोषणा गरेका छन । 
 
ओखलढुंगाका पूर्व जिविस सभापति, पार्टी सभापति एवम आदिबासी जनजाति विकास समितिका केन्द्रीय उपाध्यक्ष महेशकुमार कोर्मोचा, ओखलढुंगा काग्रेसका पूर्व उपसभपाति लक्ष्मिप्रसाद बाँस्कोटा, तरुण दलका पूर्व अध्यक्ष भक्तबहादुर कटवाल, क्रियाशिल सदस्यहरु प्रभुराम श्रेष्ठ र दिपबहादुर भुजेलले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा संयूक्त पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका हुन । 
 
पत्रकार सम्मेलनमा कोर्मोचाले सैद्धान्तिक विचलनको कारण पार्टी दिशाहिन बनेकोले यसले देश र जनता प्रतिको दायित्व पुरा गर्न नसक्ने देखेर आफनो ६ दशक लामो सहयात्रालाई तोडेको स्पष्ट पार्दै आजैको मितिबाट पार्टीको सबै पद र साधारण सदस्य समेत परित्याग गरेको घोषणा गरे । 
 
बास्कोटाले काग्रेस पैसा र बाहुबलको कब्जामा गएकोले निष्ठावान कार्यकर्ता अपमानित भएर रहनु पर्ने अवस्था आएको भन्दै काग्रेसबाट देशलाई थप लुटिनबाट बचाउन पनि आफूहरुले साधारण सदस्य समेत नरहेन गरी पार्टी परित्याग गरेको स्पष्ट पारे । 
 
उनले काग्रेसबाट रामप्रसाद राई, नारदमणि थुलुङ, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, शैलजा आचार्य र चक्रप्रसाद बास्तोला अपमानित हुनु परेको अवस्थामा कुनै पनि सच्चा कार्यकर्ता अब पार्टीमा रहन नसक्ने ठोकुवा गरे । उनले आफूहरुसँगै सयौ कार्यकर्ताहरु समेत पार्टीबाट अलग हुने स्थितिमा रहेको दावी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ