arrow

नयाँ शक्तिको घोषणासभा दशरथ रङ्गशालामा

एकीकरण नभई ध्रुवीकरण अहिलेको आवश्यकता : भट्टराई

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
Dr-Baburam_Bhattarai.jpg.jpeg
काठमाडौँ । नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला जेठ ३०, ३१ र ३२ गते काठमाडौँमा हुने भएको छ । पार्टीले केन्द्रीय कार्यालय बबरमहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा जेठ ३० गते पार्टीको स्थापना घोषणासभा दशरथ रङ्गशालामा एवम् ३१ र ३२ गते बन्दसत्र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने जनाएको छ । 
 
‘एक लाख संस्थापक सदस्यको सहभागितामा हुने भेलाले ऐतिहासिक रुपमा नयाँ शक्तिको घोषणा सहित सामूहिक शपथग्रहण कार्यक्रम हुनेछ’, पार्टीका संयोजक बाबुराम भट्टराईले भने । भट्टराईले एकीकरण नभई ध्रुवीकरण अहिले मुलुकको आवश्यकता भएको बताए । भट्टराईले भने, ‘एकीकरण पुरानै कुरालाई जोड्ने र ध्रुवीकरण भनेको जगैदेखि नयाँ सिर्जना गर्ने भएकाले ध्रुवीकरणका पक्षमा हामी छौँ, नेपाली इतिहासले नयाँ विचार खोजेकाले ध्रुवीकरण अहिले आवश्यक भएको छ ।’ 
 
 
राजनीतिक प्रतिवेदन, आर्थिक समृद्धिको कार्ययोजना एवम् आन्तरिक सङ्गठनको आधार तथा विधानलाई जेठ ११ र १२ गते बस्ने सचिवालयको बैठकले अन्तिम रुप दिई सबैको सुझावका लागि सार्वजनिक गरिने पनि उहाँले जानकारी दिए । नयाँ राजनीतिक धार एक्काइसौँ शताब्दीको चुनौती सामना गर्न सक्ने गरी विचार ल्याउन लागिएको पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले बताए । भेलाका लागि १४ उपसमिति गठन गरिएको प्रवक्ता खिमलाल देवकोटाले सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ