arrow

पाल्पामा भदौ १२ गतेसम्म निषेधाज्ञा

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
palpa-student.jpg

पाल्पा । कोभिड संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न पाल्पामा निषेधाज्ञा जारी गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले यही भदौ ५ गते १२ बजे रातिदेखि भदौ १२ गते राति  १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।
 
उनका अनुसार निषेधाज्ञाका अवधिमा एम्बुलेन्स, शववाहन, खाद्य सामाग्रीवाहक सवारी साधन, औषधि बोकेका सवारी साधनलगायत अत्यावश्यक सवारी साधन मात्रै चलाउन पाइने छ  । 

सो अवधिमा अत्यावश्यक सरकारी तथा सुरक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी र विद्युतलगायत कार्यालय खुल्नेछन् । व्यवसायतर्फ औषधि तथा औषधिजन्य, खाद्य, फलफूल, तरकारी, दूधका पसल बिहान ७ देखि १० बजेसम्म मात्र खुल्ने प्रजिअ न्यौपानेले जारी गरिएको निषेधाज्ञामा उल्लेख  छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ