एजेन्सी । अनिल कपूरले यसै बर्षको डिसेम्बरमा छोरिको विवाह गरिदिने भएका छन् । दुई छोरिका पिता अनिलले डिसेम्बरमा एक छोरिको मात्र विवाह गर्न लागेका हुन् । जेठि छोरी सोनम कपूर बलिउडमा हिट हुदै गर्दा उनले विवाह भने कान्छि छोरि रिया कपूरको गरिदिन लागेका हुन् ।
दिदि सोनमझै पर्दामा नदेखिए पनि रिया चलचित्र क्षेत्रसँगै जोडिएकि व्यक्ति हुन् । उनको विवाह प्रेमि करण बुलानीसँग हुने भएको हो । भारतिय सञ्चारमाध्यमका अनुसार रियाको विवाह यसै बर्षको डिसेम्बरमा हुदैछ । हालै करणका परिवारले अनिल कपूर र सुनीता कपूरसँग कुरा गर्न दिल्लीबाट मुम्बई पुगेका थिए । सोहि भेटघाटमा विवाहको तय भएको हो ।
दुवै परिवार विवाह मुम्बईमा गर्न राजि भएका हुन् । रिया कपूर चलचित्र निर्माता हुन् । उनले 'आयशा' (२०१०) र 'खूबसूरत' (२०१४) जस्ता चलचित्र निर्माण गरि सकेकि छन् । उनको निर्माणमा बन्दै गरेको चलचित्र 'बेटल फर बिटोरा' यसै बर्ष रिलिज हुदैछ ।
करणले सामाजिक सञ्जालमा आफुलाई फिल्ममेकर भन्ने गरेका छन् । सन् २०१४ मा छाएको समचारमा रिया 'सात हिन्दुस्तानी' टाइटल भएको चलचित्र बनाउन गइरहेको बताइएको थियो सो चलचित्र उनको ब्वोयफ्रेन्ड करण बुलानी निर्देशन गर्ने भनिएता पनि सो प्रोजेक्टमा करण देखिएनन् ।
करणले 'आयशा' चलचित्रमा असिस्टेन्ट डायरेक्टरको रुपमा काम गरिसकेका छन् ।