arrow

धार्मिक, क्षेत्रीय र जातीय विवादबाट मुलुकलाई बचाउनुपर्छः नेत्रविक्रम चन्द

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
netrabikram-chand-biplab.jpg.jpeg
काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले सहिद तथा बेपत्ता परिवार र द्वन्द्वकालका घाइते र अपाङ्गता भएकाहरुलाई राज्यले बेवास्ता गरेको बताउनुभएको छ । बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा पार्टीद्वारा यहाँ आज आयोजित जनसभालाई सम्बोधन गर्दै सहिद परिवारको सपना पूरा गर्नाको सट्टा सरकारले जनयुद्धका घटनालाई ब्युँताएर सहमति तोड्ने काम गरेको आरोप लगाउनुभयो । 
 
 
धार्मिक विवादसँगै क्षेत्रीय र जातीय विवादबाट मुलुकलाई बचाउनुपर्ने उहाँको भनाइ छ । माओवादी वा जो कोहीसँग राष्ट्रिय वा अन्य विषयमा कार्यगत एकता हुनसक्ने उहाँले बताउनुभयो । पार्टीका नेता खड्कबहादुर विश्वकर्माले वैदेशिक हस्तक्षेप र भ्रष्टाचारका विरुद्ध तथा जनजीवनका पक्षमा जनप्रदर्शनको आयोजना गरिएको बताउनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ