arrow

सशस्त्रकाे टोलीले भरुवा बन्दुक नियन्त्रणमा लियो

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
APF.gif.gif
झापा । झापा जिल्लाको खुदुनाबारी ८ स्थित जुकेखाडी सामुदायीक वनबाट जेठ ६ गते बेलुका एपीएफ टोली र स्थानीय वन कार्यालयको टोलीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ । 
 
सशस्त्र प्रहरी बल भुटानी शरणार्थी सुरक्षा बेस खुदुनाबारीबाट खटिएको एपीएफ टोलीले सो बन्दुक उक्त वनमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो । बरामद बन्दुक आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । 
 
सुनसरीमा एपीएफ टोली आगलागी नियन्त्रणमा सकृय 
सुनसरी जिल्लाको नर्सिङ–१ पूर्व–पश्चिम लोकमार्गमा जेठ ७ गते अलकत्रा बोकेको ट्यांकरमा भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । 
 
उक्त आगलागीबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सुनसरीबाट एपीएफ टोली खटिई गई आगलागी नियन्त्रणमा जुटेको थियो । सो आगलागीबाट करीब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ