arrow

महाधिवेशनका लागि तमलोपाले बनायो ११ समिति

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
Mahanta_Thakur.jpg.jpeg
काठमाडौँ । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले आगामी महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ । नवलपरासीमा हुने प्रथम महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि ११ वटा समिति गठन गरिएको तमलोपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । 
 
उपाध्यक्ष हृदयेश त्रिपाठीको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति, अर्का उपाध्यक्ष वृषेश चन्द्रलालको संयोजकत्वमा राजनीतिक दस्तावेज समिति, महामन्त्री सर्वेन्द्रनाथ शुक्लको संयोजकत्वमा नीति कार्यक्रम समिति र गोविन्द चौधरीको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन सचिवालय समिति गठन भएको छ । 
 
त्यस्तै, जीतेन्द्र सोनलको संयोजकत्वमा प्रचार प्रसार समिति र बिपी यादवको संयोजकत्वमा सुरक्षा व्यवस्थापन समिति तथा अर्थ समिति, अतिथि व्यवस्थापन समिति, आकस्मिक उपचार समिति भएको नेताहरुले बताएका छन् । तमलोपाको पहिलो महाधिवेशन आगामी असार ६ देखि ८ गतेसम्म नवलपरासीमा हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ