कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीमा कोरोना, मिटर रिडिङ गर्दै गौरादहका घर घरमा !
युबराज रेग्मी,
प्रकाशित २०७७ भदौ ७ आइतबार
302
Shares
झापा । अन्तत झापा जिल्लाको गौरादह नगरपालिकाको समुदायस्तरमा कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल विद्युत प्राधिकरण गौरादह शाखाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछी गौरादह नगरमा कोरोना पुष्टि भएको हो। योसँगै कोरोना संक्रमण समुदाय स्तरमा भयावह रुपमा फैलिएको हुनसक्ने सम्भावना रहेको छ ।
केही दिन अघि गौरादह नगरपालिका वडा न ५ स्कुलचौनमा रहेको क्वारेन्टिन र इलामबाट गौरादह आएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुस्टि भए पश्चात् संक्रमितको सम्पर्कमा रहेका १०० जना ब्यक्तीको स्वाब संकलन गरि परिक्षणको लागि पठाए पश्चात् उक्त स्वाबको नतिजा नआउदै प्राधिकरणका कर्मचारी मिटर रिडिङ गर्न ग्राहकको घर घर गएको जानकारी प्राप्त भएको छ ।
संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार स्वाब दिए पश्चात् नतिजा नआउन्जेल सम्म अन्य ब्यक्तिको सम्पर्क बाट टाढै रहनुपर्ने नियम लाई बेवस्था गर्दै विद्युत प्राधिकरण कार्यालय गौरादहले कर्मचारीहरुलाई मिटर रिडिङ गर्नका निमित्त ग्राहकको घर घर पठाउनु लाई विद्युत प्राधिकरण कार्यालय गौरादहले चरम लापरबाही गरेको बुझिएको छ ।
आइतबार प्राप्त रिपोर्ट अनुसार विद्युत प्राधिकरण कार्यालय गौरादहका १ जना साथै कृषि क्याम्पसको क्वारेन्टिनमा रहेका १जना गरि जम्मा २ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिएका छ्न ।
यसैबिच गौरादहमा कोरोना संक्रमण पुष्टि भएपछि जोखिम नियन्त्रण गर्न नगरपालिकाले तत्काल सर्बपक्षीय बैठक डाकेको छ ।