arrow

लुम्बिनीमा बुद्धधर्मावलम्बीको बिहानैदेखि भीड

logo
प्रकाशित २०७३ जेठ ८ शनिबार
1463758705548_KK-Ktm_052016_DSCN1305.JPG.jpeg
लुम्बिनी । २५६० औँ बुद्धजयन्तीका अवसरमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बुद्धधर्मावलम्बीको बिहानदेखि नै भीड लागेको छ । 
 
बुद्धधर्मसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको ब्यानरसहित बुद्धधर्मावलम्बीहरु मायादेवीको दर्शन गर्न मन्दिर परिसरमा लाम लागेका छन् । सरकारले यो वर्षको बुद्धजयन्ती विशेष समारोहका साथ मनाउने तयारी गरेकाले विगत वर्षका तुलनामा यसवर्ष धर्माबलम्बीको चाप बढेको हो । 
 
बुद्धजयन्तीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा मन्त्रीहरु सांसदहरु, अन्तर्राष्ट्रिय गोष्ठी तथा बुद्धजयन्ती समारोहमा आउनुभएका विभिन्न २८ राष्ट्रका बौद्धधर्मका विद्वान् लुम्बिनी आई पुगिसके छन् । 
 
प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुगेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्रीको हैसियतले आनन्दप्रसाद पोखरेलले बिहानै मायादेवी मन्दिरको पूजाआजा गरे । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धजन्यतीका अवसरमा आयोजना गर्न लागिएको विशेष समारोहको उद्घाटन गर्दै छिन् । अहिले लुम्बिनी क्षेत्रमा भएको हल्का वर्षाले शीतलताको अनुभूति दिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ