arrow

कपिलवस्तुमा १५ गतेसम्म लकडाउन

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ भदौ ७ आइतबार
kapilbastu-2.jpg

कपिलवस्तु । कपिलवस्तुमा थप ८ दिन लकडाउन जारी भएको छ । पछिल्लो समय थप भएको एक हप्ताको लकडाउन आइतबार (आज) राति १२ बजे सकिन लागेको बेला आइतबार दिउँसो बसेको बैठकले लकडाउनलाई भदौ १५ गते राति १२ बजेसम्म लम्बाएको हो ।

जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा हालकै लकडाउन यथावत् राखिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुद्धारा जारी सूचनामा उल्लेख छ । यद्यपि बैंक तथा वित्तिय संस्था भने विहान ८ बजे देखि १० बजेसम्म न्यूनतम कर्मचारी राखेर खुलाउन सकिने प्रशासनले स्पष्ट पारेको छ ।

जिल्ला प्रशासनमा आइतबार दिउँसो बजेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ १५ गतेसम्म अत्यावश्यकीय बस्तुहरु बाहेक अरु सम्पूर्ण गतिविधि ठप्प पार्ने गरी जिल्लामा लकडाउन जारी गरेको हो । जिल्लामा कोरोना संक्रमितहरु  दिनहुं थपिएको कारण लकडाउन थप गरिएको प्रशासनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ