arrow

सिन्धुपाल्चोकमा एक साता लकडाउन थप

logo
प्रकाशित २०७७ भदौ ७ आइतबार
Sindhupalchok-hamrakura.jpg.jpeg

सिन्धुपाल्चोक । छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने देखिएकाले सिन्धुपाल्चोकमा यही भदौ १ गतेदेखि जारी लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ । 

आइतबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले यही भदौ १४ गते सम्मका लागि जिल्लामा बन्दाबन्दी थप गर्ने निर्णय गरेको हो । त्यसको समयसीमा आइतबार सकिँदै थियो तर कोरोना संक्रमण जोखिम अझै रहेको भन्दै जिल्लामा लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ । जिल्लाका केही स्थानीय तहमा समेत कोभिड–१९ का संक्रमित देखिएकाले थप फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्लाभर लकडाउन थप गर्ने निर्णय भएको ढकालले जानकारी दिए  । यस निर्णयसँगै कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् ।
  
होटल तथा रेष्टुराँ, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, शैलुन, खेलकूद गतिविधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै बैंक र  गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ । हालसम्म जिल्लामा ८६ जनामा संक्रमण देखिएकामा ७४ जना निकोभई घर फर्केका छन्, तीन जनाको मृत्यु भएको र ९ जना उपचारत छन् ।

लकडाउनका समयमा सबै नागरिकलाई सामाजिक दूरी कायम गर्दै घरभित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गर्नुभएको छ । अत्यावश्यक परेका अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ