arrow

सलमान-लूलिया विवाहको प्रश्नमा रिपोर्टर माथि खनिए सलमान

logo
प्रकाशित २०७३ जेठ ८ शनिबार
angry-salman.jpg.jpeg
एजेन्सी ।  सलमान खfनलाई  रिस उठ्छ कति ? त्यसको नतिजा  मुम्बईमा आईफा प्रेस कन्फ्रेन्सको अवसरमा देखिएको छ । उक्त कन्फ्रेन्समा   सलमानले  मीडियालाई इसारा गर्दै भने , ' तपाईहरुलाई के भनु ...लभ यू टू  कहिले काहि' ।  यति भनेसँगै मन्चबाट  उत्रिदै गरेका  सलमानलाई कार्यक्रमको प्रस्तोताले रोकने प्रयास गरेका थिए ।  सलमानले उक्त  प्रस्तोतालाई - 'शट अप' भन्दै मन्चबाट उत्रिए ।
 
तर रिसाएका सलमानको यति मै शान्त भएनन् । एक जना रिपोर्टरले उनलाई प्रेमिका लूलिया वन्तूरसँग विवाह कहिले गर्ने भनेर  प्रश्न गरे । सोको जवाफमा रिसाएका सलमान भने - ' म तपाईलाई मेरो विवाहको योजना बारे किन भन्नु । म तपाईको नाम सम्म जानदिन । म यस बिषयमा ट्वीट गरेर बताउनेछु । बुझ्नुभयो। म आफ्नो विवाहको कुरा आफै फ्यानलाई बताउनेछु ।'
 
बिहिवार सलमानका भाई सोहेल खानलाई सलमानको विवाहको बिषयमा प्रश्न गर्दा आक्रमकका थिए । आपेबाट बाहिर आएका सोहेलले रिपोर्टरलाई अपशब्द प्रयोग गरेका थिए ।  उक्त घटना बारे  सलमानलाई प्रश्न गर्दा -  'मेरो बुवालाई समस्या भएपछि सोहलले प्रतिक्रिया देखाएको हो । मलाई कहिले यसो नगरेस । मानिसलाई रातमानै विवाहको याद किन आउछ ?'
 
बिहिवार राति सोहेल बुवा  सलीम खान र आमा हेलनसँग बान्द्राको एउटा  क्लबमा डिनर गर्न गएका थिए । क्लबवाट बाहिर नस्कदै गर्दा एक रिपोर्टरले उनिहरुसँग सलमान र लूलियाको विवाह बारे सोधेका थिए । प्रश्न सुन्दै  सोहेल रिसाए र रिपोर्टर माथि खनिए । उनले रिपोर्टरलाई अपशब्द प्रयोग गरे । यति मात्र नभएर , सोहेलले रिपोर्टरलाई क्यामरा बन्द गरेर जान चेतावनी दिए ।
 
सोहेल खानले उक्त घटनाको सफाई दिदै भने ' रिपोर्टर पटक-पटक उनका बुवाको अगाडि माइक लिएर जाने र प्रश्न गरे । यस क्रममा मैले आफ्नो ब्यालेन्स गुमाए ।' सोहेल भन्छन् '  मलाई रिस उठ्यो र  मैले रिपोर्टरलाई भने  ८० बर्षको मानिससँग कसरी कुरा गर्नुपर्छ रिपोर्टरले बुझ्न आवश्यक छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ