एजेन्सी । सलमान खfनलाई रिस उठ्छ कति ? त्यसको नतिजा मुम्बईमा आईफा प्रेस कन्फ्रेन्सको अवसरमा देखिएको छ । उक्त कन्फ्रेन्समा सलमानले मीडियालाई इसारा गर्दै भने , ' तपाईहरुलाई के भनु ...लभ यू टू कहिले काहि' । यति भनेसँगै मन्चबाट उत्रिदै गरेका सलमानलाई कार्यक्रमको प्रस्तोताले रोकने प्रयास गरेका थिए । सलमानले उक्त प्रस्तोतालाई - 'शट अप' भन्दै मन्चबाट उत्रिए ।
तर रिसाएका सलमानको यति मै शान्त भएनन् । एक जना रिपोर्टरले उनलाई प्रेमिका लूलिया वन्तूरसँग विवाह कहिले गर्ने भनेर प्रश्न गरे । सोको जवाफमा रिसाएका सलमान भने - ' म तपाईलाई मेरो विवाहको योजना बारे किन भन्नु । म तपाईको नाम सम्म जानदिन । म यस बिषयमा ट्वीट गरेर बताउनेछु । बुझ्नुभयो। म आफ्नो विवाहको कुरा आफै फ्यानलाई बताउनेछु ।'
बिहिवार सलमानका भाई सोहेल खानलाई सलमानको विवाहको बिषयमा प्रश्न गर्दा आक्रमकका थिए । आपेबाट बाहिर आएका सोहेलले रिपोर्टरलाई अपशब्द प्रयोग गरेका थिए । उक्त घटना बारे सलमानलाई प्रश्न गर्दा - 'मेरो बुवालाई समस्या भएपछि सोहलले प्रतिक्रिया देखाएको हो । मलाई कहिले यसो नगरेस । मानिसलाई रातमानै विवाहको याद किन आउछ ?'
बिहिवार राति सोहेल बुवा सलीम खान र आमा हेलनसँग बान्द्राको एउटा क्लबमा डिनर गर्न गएका थिए । क्लबवाट बाहिर नस्कदै गर्दा एक रिपोर्टरले उनिहरुसँग सलमान र लूलियाको विवाह बारे सोधेका थिए । प्रश्न सुन्दै सोहेल रिसाए र रिपोर्टर माथि खनिए । उनले रिपोर्टरलाई अपशब्द प्रयोग गरे । यति मात्र नभएर , सोहेलले रिपोर्टरलाई क्यामरा बन्द गरेर जान चेतावनी दिए ।
सोहेल खानले उक्त घटनाको सफाई दिदै भने ' रिपोर्टर पटक-पटक उनका बुवाको अगाडि माइक लिएर जाने र प्रश्न गरे । यस क्रममा मैले आफ्नो ब्यालेन्स गुमाए ।' सोहेल भन्छन् ' मलाई रिस उठ्यो र मैले रिपोर्टरलाई भने ८० बर्षको मानिससँग कसरी कुरा गर्नुपर्छ रिपोर्टरले बुझ्न आवश्यक छ ।'