लहान। सिरहाको सोनामती गाढास्थित सडकमा आज दिउँसो दर्शनार्थी बोकेको ट्र्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ भन्ने नौजना घाइते भएका छन् ।
सिरहाको लहान नगरपालिका–१५ स्थित ढोढनामा रहेको राजदेवी मन्दिरमा लागेको मेला भरेर फर्किएका दर्शनार्थी बोकेको स१त ३७४७ नंको ट्र्याक्टर दिउँसो ४ बजेतिर अनियन्त्रित भई पल्टिएर सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी भारतको लौकहा घर भएका ४० वर्षीय नारायण ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरुको लहानस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस