arrow

काभ्रेपलाञ्चोक : ८२ जना आइसोलेसनमा, दुईको मृत्यु

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
icu-hospital.jpg

 काभ्रेपलाञ्चोक ।  हालसम्म काभ्रेपलाञ्चोकमा कोरोना संक्रमिको सङ्ख्या १४६ पुगेको छ । तीमध्ये ६२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ । बाँकी ८२ जना विभिन्न स्थानका आइसोलेसन कक्षमा उपचाररत रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकले जनाएको छ । 

यसैबीच, जिल्ला सङ्कट ब्यवस्थापन केन्द्र र पोष्टको आइतबारको सयुक्त बैठकले बनेपास्थित शिर मेमोरियल तथा धुलिखेल अस्पताललाई आफ्नो कूल वेड क्षमतामध्ये ३३ प्रतिशत वेड कोरोना संक्रमितको उपचारका लागि स्थापना गर्न आग्रह गरेको छ । पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र झाले आइसोलेसन कक्ष व्यवस्थित गरेका स्थानीय तहलाई वेड सङ्ख्या बढाउन तथा नभएकालाई व्यवस्थित गर्न आग्रह गरिएको बताए । “स्थानीय तहमा कम्तिमा १० वेडको आइसोलेसन कक्ष तयार गर्नुस् भनेर धेरैपटक आग्रह गरियो”, उनले भने । उनका अनुसार हाल २०० वेड भएको शिरमेमोरिलमा छ तथा ४५० वेड भएको धुलिखेलमा ३१ वेड मात्रै आइसोलेसनका लागि प्रयोग गरिएको छ । 

पोष्टका अनुसार काभ्रेपलाञ्चोकमा २०७६ चैत महिनायता १३ स्थानीय तहमध्ये पाँचले मात्रै एक सय वेडको आइसोलेसन कक्ष व्यवस्थापन गरेको छ । तीमध्ये बनेपा नपामा ५०, धुलिखेलमा ३१, पनौतीमा छ, पाँचखालमा सात र नमोबुद्ध नगरपालिकामा छ वेडको आइसोलेसन कक्ष व्यवस्थापन गरिएको हो । अन्य आठ स्थानीय तहले हालसम्म आइसोलेसन कक्ष व्यवस्थापन गर्न सकेको छैन् । हालसम्म काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ श्य्याको क्वारेन्टिन व्यवस्थापन गरेका छन् । त्यसो त, जिल्लामा सङक्रमित बढ्दै गएपछि आइसोलेसन वेड बढाईरहँदा क्वारेन्टिन भने रित्तिदै गएका छन् । 

हाल ३२ पुरुष र दुई महिला गरी कूल ३४ जना क्वारेन्टिनमा बसेका छन् । तीमध्ये बनेपामा छ, धुलिखेलमा १४, पनौतीमा दुई, पाँचखालमा दुई, नमोबुद्धमा एक, मण्डनदेउपुरमा दुई, तेमाल गाउँपालिकामा छ र भुम्लुमा सात जना क्वारेन्टिनमा बसेका हुन् । खानीखोला, रोशी, महाभारत, बेथानचोक र चौंरीदेउराली गाउँपालिकाको क्वारेन्टिन रित्तिसकेका छन् । हालसम्म ९४३ पुरुष र १९३ महिला क्वारेन्टिनको बसाई अवधि सकिएपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएको तथ्याङ्क छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ