arrow

एकै घरका चारसहित २३ जनामा संक्रमण

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
covid-test-positive-corona.jpg

खस्यौली । रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नं १ मा एकै घरका चार सहित २३ जनामा मंगलबार कोरोना संक्रमण भएको छ । भैरहवास्थित प्रादेशिक अस्पतालमा उनीहरुको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिए ।

 भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका एकै घर परिवारमा ४ र ९ वर्षका  बालक समेत रहेको उनले बताए । सो गाउँपालिकाको वाड नं १, ३, ४ र ५ मा होम क्वारेन्टाइनमा बसेकामा कोरोना संक्रमण देखिएको छ । 

कोरोना संक्रमित  सो उमेर समूह बाहेक १८ देखि ४५ वर्षसम्मका छन । संक्रमणसँगै गाउँपालिकाको वडा नं १ स्थित लौसा लगायतका क्षेत्र बन्द गरिएको कञ्चन गाउँपालिकाले जनाएको छ । 

अध्यक्ष क्षेत्रीले इजाजतप्राप्त बाहेक अन्य सवारी साधन र मानिसलाई हिडडुलमा रोक लगाइएको बताए । जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख राजेन्द्र गिरीका अनुसार मंगलबार मात्रै ५४ जना कोरोना संक्रमित थप भएका छन । 

योसँगै कोरोना संक्रमितको सङ्ख्या जिल्लामा ७२८ पुगेको छ । जिल्लामा ३४५ निको भएर घर फर्केका छन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ