arrow

गोदावरीका अधिकृत र सवइन्जिनियरविरुद्ध अदालतमा मुद्दा

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
specialcourt-shikharnews.jpg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख ५० हजार घुस लिएको अभियोगमा गोदावरी नगरपालिका ११ बज्रबाराहीका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र सवइन्जिनियर किशोरकुमार मोक्तान विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरुले निर्माणाधिन आयोजनाको बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस मागेको पाइएको छ । आयोगले उनीहरु विरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

यस्तै आयोगले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोभ र मतियार महेन्द्रप्रसाद यादव विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरुले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु चार लाख घुस मागेको आरोप लगाइएको छ । आयोगले उनीहरुलाई बिगो अनुसारको कारवाही र कैद सजायको माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ