arrow

प्रेस चौतारी भक्तपुरका तेत्तीसजनाले दिए राजीनामा

logo
प्रकाशित २०७३ जेठ ८ शनिबार
Press-chautari-Nepal.jpg.jpeg
भक्तपुर । प्रेस चौतारी भक्तपुरका अध्यक्षसहित सबै सदस्यले सामूहिक राजीनामा दिएका छन् । आज १३ सदस्यीय सिङ्गो कार्यसमिति, सल्लाहकार र ३२ जना सदस्यले प्रेस चौतारीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रेस चौतारी भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई)ले जानकारी दिए । 
 
प्रेस चौतारी भक्तपुरको आज बसेको बैठकले सङ्गठनको नीतिनियमभन्दा पनि नेकपा (एमाले)का नेताको निर्देशन र नेताको चाकडीका आधारमा आ–आफ्ना मान्छेलाई टीका लगाएर सङ्गठन बनाउने र प्रेस चौतारी चलाउने परिपाटी भएको ठहर गरी त्यसप्रति खेद प्रकटसमेत गरेको छ । 
 
नयाँ नेतृत्व चयनमा सर्वसम्मतिका नाममा एमाले नेताको आशीर्वाद प्राप्त व्यक्तिलाई टीका लगाइएको भन्दै बैठकले निन्दासमेत गरेको छ । 
 
लोकतान्त्रिक विधिअनुसार चुनावी मैदानमा उत्रिएर चुनावी नतिजा स्वीकार्न तयार सङ्गठनका इमान्दार नेता तथा कार्यकर्तालाई पाखा लगाउने काम भएको निष्कर्ष निकालेको बजगाईले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ